हावाहुरी सहितको पानीले पाक्न लागेको धान सोत्तर पारे पछि किसान चिन्तित


बेलबारी, २ कार्तिक । विगत केही दिन देखि वर्षासँगै आएको हावाहुरीले धान लडाए पछि कृषकहरू चिन्तित भएका छन् । पसाएको धान पाक्न नपाउँदैको हावाहुरीले लडाएर सोत्तर पारेपछि किसानहरू चिन्तित भएका हुन् । 

वर्ष भरी खान पुग्ला भरेर आस गरेको धान पाक्न नपाउँदै लडेपछि किसानहरूमा अव के खाने भन्ने चिन्ताले सताउन थालेको छ । हावाहुरीसहित आएको पानीले तराईका अधिकांक्ष स्थानमा धान खेतमै लडेका छन् । कति ठाउँमा त पाकेर काटेको धानसमेत पानीले डुबाएको देख्न सकिन्छ ।

होक्लाबारीका किसान रमेश चौधरी पाक्न लगेको धानबाली पानीले डुबाइदिएको बताउँछन् । यसरी नै अरू केही दिन पानी परेमा डुबेका बालाहरू कुहिएर जाने उनी बताउँछन् । होक्लाबारीका किसान रमेश चौधरी मात्र नभएर त्यस क्षेत्रका अधिकांक्ष किसानको पीडा उस्तो रहेको छ । अब कसरी परिवार पाल्ने भन्ने चिन्ताले सताइरहेको छ ।  (तस्वीरहरु : सामाजिक संजालबाट)

प्रतिक्रिया दिनुहोस्