सरकारसँग सहमति भए पछि रुबीले तोडिन् अनसन


काठमाडौँ, २ कार्तिक । सरकारसँग सहमति भए पछि अनसनरत रुबी खानले आफ्नो अनसनरत तोडेकी छिन् । गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गर्ने सहमति भएसँगै उनले १२ दिनदेखि जारी राखेको आमरण अनसन तोडेकी हुन् । 

अनसनरत रुबीले बाँकेका एसपी श्यामकृष्ण अधिकारी लगायतलाई तत्काल सरुवा गर्नुपर्ने माग राखेकी थिइन् । बाँकेका नन्कुन्नी धोबी र निर्मला कुर्मीको न्यायका २० दिन हिँडेर काठमाडौँ आएर रुबीले आमरण अनसन सुरु गरेकी थिइन ।

तर काठमाडौँ आए लगत्तै प्रहरीले धरपकड गरेपछि रुबीले आमरण अनसन सुरु गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्