पहिरोले घर पुर्दा धरानमा दुई जनाको मृत्यु


सुनसरी, २ कार्तिक । पहिरोले घर पुर्दा धरानमा एकै घरका दुई जना दिदी भाइको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका–१३ नागेश्वर मार्गका निशान राईकी ८ वर्षीया छोरी निसु र ४ वर्षीय छोरा निहान रहेका छन् । 

मङ्गलवार दिउँसो २ बजेतिर गएको पहिरोले धरान उपमहानगरपालिका–१३ नागेश्वर मार्गका राईको घर पुरेको थियो । एकतले टिनको छाना भएको घर पुरिँदा घरभित्र रहेका उनकै दुवै जना सन्तान पुरिएका थिए ।  

घटनाको खबर पाउनसाथ धरानबाट उद्धारको लागि प्रहरी टोली पुगेको थियो । उद्धार टोलीले उनीहरूलाई मृत अवस्थामा फेला पारेको थियो । 

प्रतिक्रिया दिनुहोस्