सेनाको हेलिकप्टरलेसमेत सेतीको बाढीमा फसेका स्थानीयलाई उद्धार गर्न सकेन


बैतडी, २ कातिक । मौसम खराबीका कारणले सेनाको हेलिकप्टर सेतीको बाढीमा फसेकालाई उद्धार नगरी फर्किएको छ । मौसम बिग्रिए पछि बैतडीको सिगास गाउँपालिकास्थित ढुंगाड बस्तीभित्र सेती नदीको बाढीमा फसेका करिब ६० स्थानीयको उद्धारमा नगरी नेपाली सेनाको हेलिकप्टर फर्किएको हो ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले मौसमका खराबीका कारणले गर्दा उद्वारको लागि सुर्खेतबाट गएको सेनाको हेलिकप्टर बस्न नसकेर फर्किएको बताएका छन् । नदीले गाउँको जमिन कटान गरेर ढुंगाडमा एउटा टापु नै बनाएको छ । टापु जुनसुकै बेला पनि बगाउन सक्ने भन्दै स्थानीयहरू चिन्तित बनेका छन् । सोमबार राति १० बजेदेखि नै सेती नदीको बाढीमा फसेका स्थानीयहरू उद्वारको पर्खाइमा बसेका छन् । 

उता सिगास गाउँपालिकाका प्रवक्ता रामबहादुर धामीले ती स्थानीयको यथाशीघ्र उद्धार गर्न सरकारसँग आग्रह गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्