यसपालिको बाढीले बेलबारी नगरपालिका वडा न ४ मा मात्र २ वटा पुल बगायो


बेलबारी, ४ कार्तिक । लगातार रूपमा आएको वर्षाले बेलबारी नगरपालिका वडा नं ४ मा मात्र २ वटा पुल बगाइदिएको छ । मङ्गलवार देखि लगातार रूपमा आएको वर्षाका कारण बेलबारी नगरपालिका वडा नं ४ र ९ को सिमानामा पर्ने केशलिया खोलाको पुल पूर्ण रूपमा क्षति भएको छ  ।

वडा नं ९ र ४ का स्थानीयले वारपार गर्ने यो पुल भत्किदा ठूलो समस्या भएको स्थानीय पर्वत राई बताउँछन् । सोही दिनको पानीले यलम्बर टोलपूर्व माझी टोल जाने बाटो बगाइदिएको छ भने सोही स्थानमा रहेको प्लटिङ क्षेत्रको पुलसमेत भत्किएको छ । पुल भत्किदा उक्त स्थानमामा रहेका पुलनजिकै रहेको घरहरूलाई क्षति पुग्ने अवस्थामा आएको स्थानीय दीपक कुमार राई बताउँछन् ।

बेतना पैनीमा बाँस र रुखको जरा अड्किएर पानी अवरोध भए पछि पैनीको पानीले धार परिवर्तन गर्दा उक्त क्षति भएको स्थानीयहरू बताउँछन् । बाटो बगाइदिए पछि स्थानीयहरूले टाढाबाट घुमेर यात्रा गर्नु पर्ने अवस्था आएको भन्दै स्थानीयहरू निरीक्षणमा पुगेमा नगरप्रमुख र वडा अध्यक्षलाई चाँडो वैकल्पिक व्यवस्था गर्न आग्रह गरेका छन् । 

बेलबारी नगरपालिकाका वडा नं ४ का अध्यक्ष रामकुमार राई वडामा बाटा पुल पैनीका साथै अन्न बालीमासमेत ठूलो क्षति भएको बताउँछन् । उनी क्षतिको लागत सङ्कलने भइरहेको बताउँछन् । 

उता बाढीले पुर्‍याएको क्षतिको स्थलगत निरीक्षण गर्दै नगरप्रमुख ज्ञानेन्द्र सुवेदीले  बाढीले धेरै क्षति भएकोले प्राथमिकताका आधारमा बिग्रिएको पुल, बाटो तथा पैनीको मर्मत गरिने बताउँछन् । 

नगर प्रमुख सुवेदीले निरीक्षण पछि सञ्चार कर्मीसँग भने – हामी क्षतिको लागत सङ्कलनको क्रममा छौँ । प्रारम्भिक रिपोर्टलाई हेर्ला धेरै ठाउँमा क्षति भएको पाइन्छ । आवश्यकताका आधारमा प्राथमिक करणका आधारमा नगरले मर्मत तथा सम्भार गर्दै जाने छ ।’ 

प्रतिक्रिया दिनुहोस्