मिनी बस दुर्घटना हुँदा ३ जनाको मृत्यु


काठमाडौँ, १८ असोज । काभ्रे र सिन्धुलीको सिमाना नेपालथोकमा मिनी बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

काठमाडौँबाट सिरहातर्फ जाँदा बा ३ ख २३५९ नम्बरको मिनी बस तीव्र गतिको कारण अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले जनाएको छ ।

घाइतेलाई उपचारको लागि धुलिखेल पठाइएको छ । बसमा २८ जना यात्रु मध्यमा ३ को मृत्यु र ५ घाइते पछि अरूको भने सामान्य अवस्था रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्