१ नं प्रदेशमा ६० सहित बाढी–पहिरोबाट ज्यान गुमाउनेको सङ्ख्या १०० नाघ्यो


काठमाडौँ, ४ कार्तिक । १ नं प्रदेशमा ६० सहित बाढी–पहिरोबाट ज्यान गुमाउनेको सङ्ख्या १०० नाघेको छ । गत आइतबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढी–पहिरो र डुबानमा परेर ज्यान गुमाउनेको सङ्ख्या १०० नाघेको हो ।

प्रहरीको केन्द्रीय समाचार कक्षले बिहीवार दिउँसोसम्म १०१ जनाको मृत्यु भएको जनाएको छ ।मृत्यु हुनेमा १ नम्बर प्रदेशका सबैभन्दा अघि रहेको छ । १ न. प्रदेशमा ६० जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परेर बागमती प्रदेशका १ जना, कर्णाली प्रदेशका ७ जना र सुदूरपश्चिम प्रदेशका ३१ जना गरी जम्मा १ सय १ जना रहेका छन् ।

यसै गरी बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा १३ जना, २ नम्बर प्रदेशमा १ जना, लुम्बिनी प्रदेशमा ३ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा २३ जना गरी जम्मा ४१ जना बेपत्ता भएका छन् ।

बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीले प्रभावित क्षेत्रमा उद्धारको कार्य जारी रहेको पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्