दुहबी सब–स्टेसन ३८ घण्टापछि सञ्चालनमा


बेलबारी, ४ कार्तिक । अविरल वर्षाले सुनसरीको दुहबीस्थित १३२ केभी सब–स्टेसन डुवानमा परेर बन्द भएको ३८ घण्टापछि सञ्चालनमा आएको छ । सब–स्टेसन डुबानमा परे पछि मङ्गलवार राती साढे ८ बजेबाट विद्युत् सेवा बन्द भएको थियो । 

सब–स्टेसन सुचारु गर्न विद्युत विभागका कर्मचारी, स्थानीय तह, प्रशासन, सुरक्षाकर्मी, स्थानीयलगायतको निरन्तरको सक्रियताबाट बिहिवार दिउसोबाट सञ्चालनमा आएको थियो । सब–स्टेसनमा जम्मा भएको पानी फालेर बिहीबार बिहान साढे १० बजेबाट सञ्चालनमा ल्याइएको विद्युत् विभागले जनाएको छ । 

दुहबी सब–स्टेसनबाट प्रदेश १ का मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, सङ्खुवासभा, भोजपुरलगायत जिल्लामा विद्युत् वितरण हुँने गरेको छ । 

प्रतिक्रिया दिनुहोस्