गत मङ्गलवार बेपता भएका सुन्दरहरैँचाका जीवन पराजुली अझै फेला परेनन्


सुन्दरहरैँचा, ५ कार्तिक । गत मङ्गलवार देखि बेपत्ता भएका सुन्दरहरैँचाका जीवन अझैसम्म पनि फेला परेका छैनन् । मङ्गलवार आएको अविरल वर्षाका कारण सुन्दरहरैँचा नगरपालिका वडा नं. ४ का बेपत्ता भएका ४३ वर्षीय जीवन पराजुलीको खोजी कार्य जारी रहे पनि उनी अझै सम्म पनि भेटिएका छैनन् ।

सफारी चालक रहेका पराजुली पूर्व पश्चिम लोक मार्ग दुलारी चौकदेखि पश्चिमतर्फ रहेको पुलमा वर्षाका कारण खाल्डो पर्दा बेपत्ता भएको वडाध्यक्ष शैलेन्द्र श्रेष्ठले बताएका छन् । 

सोही दिन बेलुका ८ बजे पूर्वबाट पश्चिम तर्फ सिटी सवारी लिएर जाँदै गर्दा पानीको बहावले पराजुलीको सवारी बगाएको थियो । सिटी सवारी घटना स्थलमै भेटिए पनि उनी भने हालसम्म पनि बेपता रहेको प्रहरीले जनाएको छ । 

उनको खोजिकार्यका लागि, जनप्रतिनिधिसहित सशस्त्र प्रहरी, जनपथ प्रहरी तथा स्थानीयले खोजी कार्य जारी राखेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्