केराबारीमा प्रथम स्व. राजु सोदेन स्मृति कप २०७८ हुने


 केराबारी, ५ कार्तिक । केराबारीमा प्रथम स्व. राजु स्वदेन स्मृति कप २०७८ हुने भएको छ । आयोजकले आज केराबारीमा पत्रकार सम्मेलनको आयोजना गरेर सो प्रतियोगिताको बारेमा जानकारी गराएका हुन् । 

पत्रकार सम्मेलनमा बोल्दै स्व.राजु सोदेन स्मृति कप मुल आयोजक समितिका प्रवक्ता अनिल ठकुरीले कार्तिक ८ गतेदेखि सुरु भई १५ गते सम्पन्न हुने प्रतियोगितामा मोरङ, सुनसरी, उदयपुर, झापाका विभिन्न आठ वटा टिमले सहभागिता जनाउने छन् । 

प्रतियोगितामा विजेता टिमले १ लाख १ हजार १ सय ११ र उपविजेताले ५१ हजार १ सय ११ शिल्ड तथा प्रमाण पत्र पाउने छन् ।  पत्रकार सम्मेलनमा स्व. राजु सोदेनका जेठान सुमन मिरन्चिङ मगर, मूल समितिका सचिव विमल चेम्जोङ, केराबारी खेलकुद विकास समितिका उपाध्यक्ष भवानीप्रसाद लिम्बू लगायतको सहभागिता रहेको थियो । 

स्व सोदेन मोरङको केराबारीमा २०४० सालमा जन्म भई विभिन्न सङ्घ संस्थामा आवद्ध रहँदै गर्दा २०७६ सालमा अल्पायुमै दिवङ्गत भएका थिए । उनले विभिन्न क्षेत्रमा पुर्‍याएको योगदानलाई कदर गर्दै उनको परिवार तथा आफन्तहरूले प्रतियोगितामार्फत स्व. सोदेनलाई सम्झने प्रयास गरेको आयोजकको भनाइ रहेको थियो । प्रतियोगितालाई दुई दुई वर्षमा सञ्चालन गरिने पनि जानकारी गराइएको थियो । पत्रकार सम्मेलनमा बोल्ने अधिकांक्षले राजु स्वदेनले योगदानको बारेमा प्रस्ट पार्ने काम गरेका थिए ।

स्व.राजु सोदेनकी धर्मपत्नी सजिता मगर (लिम्बू)को अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको सञ्चालन भने आयोजक समितिका प्रवक्ता अनिल ठकुरीले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्