बेलबारीमा पथिभरा जब सर्भिस एण्ड तालिम केन्द्रको उद्घाटन कार्यक्रम सम्पन्न


बेलबारी, २ कार्तिक । पथिभरा जब सर्भिस एण्ड तालिम केन्द्रको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । मंगलबार बेलबारी नगरपालिका वडा नं. ३ मा पथिभरा जब सर्भिस एण्ड तालिम केन्द्रको उद्घाटन उपप्रमुख ढाका कुमारी पराजुलीद्वारा भएको हो । 

उद्घाटनको अवसरमा बेलबारी सिटीक्सिा चालक परिवारलाई टिसर्ट केन्द्रका सञ्चालक सुनिल धिमालले प्रदान गरेका थिए । पथिभरा जब सर्भिस एण्ड तालिम केन्द्रले सबै प्रकारका सीपमूलक तालिम प्रदान गर्ने उद्देश्य रहेको सञ्चालक धिमालले जनाएका छन् । 

औपचारिक उद्घाटन मंगलबार भए पनि नगरपालिका तथा विभिन्न संघ संस्थासँगको सहकार्यमा विभिन्न तालिमहरू सम्पन्न गरिसकेको छ । बेलबारी नगरपालिकासँगको सहकार्यमा चाडै कुक तालिम पनि सुरु गर्ने केन्द्रले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्