मेयर, सांसद र मन्त्रीमाथि पनि जनकारबाही हुने सिके राउतको चेतावनी


धनुषा, ५ कार्तिक । जनमत पार्टीका अध्यक्ष सिके राउतले कर्मचारी मात्र नभएर अब मेयर, सांसद र मन्त्रीहरूलाई समेत जनकारबाही गरिने चेतावनी दिएका छन् । जनमत पार्टीका अध्यक्ष सिके राउतले आज (शुक्रवार) सामाजिक सञ्जालमार्फत उक्त चेतावनी दिएका हुन् । 

बिहीवार मात्र जनमत पार्टीका कार्यकर्ताले खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका निमित्त प्रमुख राजेश कुशवाहकलाई जनकारबाही स्वरूप अर्धनग्न बनाएर सहर परिक्रमा गराएका थिए । 

दुर्व्यवहारको चौतर्फी विरोध भइरहँदा अध्यक्ष राउतले भने माफी माग्नुको अलावा अब मेयर, सांसद र मन्त्रीलाई पनि जनकारबाही गर्ने धम्की दिएका हुन् राउतले आफ्नो आधिकारिक फेसबुकमा जनताले कारबाहीको लागि जनकपुरका मेयरलाई नै खोजेको, तर उनले भागेर ज्यान जोगाएको उनको दाबी रहेको छ । 

उता सिके राउतका कार्यकर्ता खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका निमित्त प्रमुख राजेश कुशवाहामाथि गरेको दुर्व्यवहारको प्रदेश  नं २ का इन्जिनियरहरूले विरोध गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्