विराटनगर विमानस्थल शनिवार बिहानैदेखि सञ्चालनमा


विराटनगर, ६ कार्तिक । अत्यधिक वर्षाका कारण बाढी पसेर बन्द भएको विराटनगर विमानस्थल आज (शनिवार) देखि सञ्चालनमा आएको छ । जलमग्न भएपछि यही कात्तिक ३ गतेदेखि बन्द गरिएको विमानस्थल तीन दिन पछि शनिवारदेखि  सञ्चालनमा आएको हो । 

मौसम सफा भएको अवस्थामा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति पाएसँगै उडान सुरु गरेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । तर उपकरणहरूको जाँच बाँकी रहेका कारण रात्रिकालीन उडानमा भने तत्काल अनुमति प्रदान गरिएको छैन । उडान तालिका बिहानदेखि साँझ पाँच बजेसम्म मात्र हुने भएको छ ।

स्थानीय केसलीया खोलामा आएको बाढी विमानस्थलमा पसेकाले धावनमार्ग, पार्किङ एरियालगायतका स्थान डुबानमा परेका थियो । वर्षाबाट काठमाडौँ–विराटनगर उडान प्रभावित भएको थियो । 

प्रतिक्रिया दिनुहोस्