सशस्त्र विद्रोही समूह बोको हरामद्वारा बालबालिका अपहरित


काठमाडौँ, ६ कार्तिक । नाइजेरियामा बोकोहरामद्वारा गरिएको अपहरणमा कम्तीमा ३० जना बालबालिका परेका छन् । सशस्त्र विद्रोही समूह बोको हरामले नाइजेरियाको उत्तर पश्चिमी क्षेत्रको एक विद्यालयबाट कम्तीमा ३० जना जति बालबालिकालाई अपहरण गरेको सरकारी अधिकारीहरूले जनाएका छन् ।

नाइजेरियामा सशस्त्र विद्रोह गरिरहेको यो समूहले बालबालिकाको अपहरण गरी लगेका अधिकारीहरूले जनाए पनि अहिले सम्म कसैले पनि अपहरणको जिम्मेवारी भने लिएको छैन । यसअघि पनि विद्रोही समूहले बालबालिकालाई विद्यालयबाट नै अपहरण गरी लग्ने गरेकाले पछिल्लो घटनामा पनि सोही समूहको हात रहेको अनुमान सरकारी अधिकारीको छ ।

नाइजेरियामा सशस्त्र विद्रोह गरिरहेको बोको हराम समूहले विद्यालयबाट नै जबरजस्त बालबालिकालाई अपहरण गरी लैजाने र आफ्नो विद्रोही समूहमा भर्ना गर्ने गरेको पाइन्छ । उता प्रहरी अधिकारीले भने अपहरणमा परेका बालबालिकाको खोजी कार्य सुरु गरिएको जनाएका छन् । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्