शनिवार देशैभर एमालेको वडा अधिवेशन सुरु : बेलबारीमा ३४१ पदाधिकारी चुनिँदै


बेलबारी, ६ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आज (शनिवार) देशैभर वडा अन्तरगतको अधिवेशन सुरु भएको छ । मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा सञ्चालन हुने दसौँ महाधिवेशनको लागि आज वडा अधिवेशन सुरु भएको हो । 

एमाले अध्यक्ष केपी ओलीले भर्चुअल माध्यमबाट देशभरका सबै वडामा एकसाथ अधिवेशन उद्घाटन गर्ने कार्यक्रम सम्पन्न भएको छ । आज हुने अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, २ उपसचिव गरी बढीमा ३१ सदस्सीय वडा कमिटीको चयन हुने छ । भने वडाबाट निर्वाचित भएर गएकाले नगर कमिटीको गठन गर्ने छन् । एमालेको तल्लो एकाइ मानिने वडा कमिटीमा विधानतः बढीमा ३१ सदस्य रहने प्रावधान रहेको छ ।

एमालेले सकेसम्म सर्वसम्मत रूपमै पदाधिकारी छान्ने नीति अख्तियार गरेको, सर्वसम्मत हुन नसकेका ठाउँमा भने लोकतान्त्रिकता विधि अपनाइने पार्टीले जनाएको छ । 

शनिवार सम्पन्न हुने अधिवेशनबाट ६ हजार ७४५ वडामा नयाँ नेतृत्व चयन हुनेछन् । नगर अधिवेशन भने कार्तिक ९ गतेलाई तोकिएको छ । ११ वटा वडा रहेको बेलबारीमा भने प्रत्येक वडामा बढीमा ३१ सदस्यका दरले जम्मा ३४१ जना चुनिएर आउने छन् । नेकपा एमाले नगर कमिटी बेलबारीका संयोजक ईरान राई भने यो सङ्ख्या केही तल पनि हुन सक्ने बताउँछन् ।  

प्रतिक्रिया दिनुहोस्