पत्रकार रामानन्द गुप्ताको उपचारको क्रममा निधन


जनकपुरधाम, ६ कार्तिक । नेपाल पत्रकार महासङ्घ, प्रदेश नम्बर २ का उपाध्यक्ष रमानन्द गुप्ताको निधन भएको छ । उपचारको क्रममा पत्रकार गुप्ताको विराटनगरमा निधन भएको हो । 

पत्रकार गुप्ताको निधन भएको भन्दै शुक्रवार साँझ उनका परिवारजनले दाहसंस्कारको लागि घर ल्याए पछि पत्रकार गुप्ताले प्रतिक्रिया जनाए पछि उनलाई पुन : विराटनगर नै लगिएको थियो । मस्तिष्कघात भएर विराटनगरमा उपचाररत गुप्ताको आज उपचारका क्रममा निधन भएको नेपाल पत्रकार महासङ्घ प्रदेश नम्बर २ ले जनाएको छ ।

मृतक पत्रकार गुप्ताको पार्थिव शरीरलाई लाहान वडा नं.२ स्थित निज निवासमा पुनः ल्याएर नेपाल पत्रकार महासङ्घको ब्यानर ओढाएर आज (शनिवार) अन्त्येष्टि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्