नेपाल विद्यालय कर्मचारी परिषद् बेलबारीको अधिवेशन सम्पन्न


बेलबारी, ६ कार्तिक । नेपाल विद्यालय कर्मचारी परिषद् बेलबारी नगर समितिको पहिलो नगर अधिवेशन सम्पन्न भएको छ । शनिवार बेलबारी ३ मा रहेको भगवती माविमा आफ्नो प्रथम अधिवेशन सम्पन्न गरेको हो । 

उक्त कार्यक्रमको उद्घाटन बेलबारी नगरपालिकाका शिक्षा शाखा प्रमुख भूपेन्द्र कोईरालाले गरेका थिए । 

कार्यक्रममा नेपाल विद्यालय कर्मचारी परिषद् जिल्ला उपाध्यक्ष तुलाराम खवास, नेपाल विद्यालय कर्मचारी परिषद्का जिल्ला समितिका जलधर खवास, एकीकृत अखिल नेपाल शिक्षक सङ्घटनका भवानी शङ्कर भट्टराई, नेपाल शिक्षक महासङ्घका हरिबहादुर बस्नेत, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका हेमन्त ढकाल, नेपाल शिक्षक सङ्घका भूवन कार्की लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा बेलबारी नगरपालिकामा रहेका ३२ वटा सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरूको सहभागिता रहेको थियो ।  नेपाल विद्यालय कर्मचारी परिषद् नगर समितिका अध्यक्ष मनोज कुमार चौधरी अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने सचिव मोहन राजवंशी रहेको थियो ।

आजै सम्पन्न नगर अधिवेशनको बन्द सत्रले मनोज कुमार चौधरीको अध्यक्षतामा १५ सदस्सीय नयाँ कार्य समिति चयन गरेको छ । 

प्रतिक्रिया दिनुहोस्