एमाले बेलबारीको ३ नं वडामा लीलाप्रसाद आचार्य


बेलबारी, ६ कार्तिक । नेकपा एमालेको आज सम्पन्न वडा अधिवेशनबाट बेलबारी नगरपालिका वडा नं ३ मा लीलाप्रसाद आचार्य निर्विरोध निर्वाचित भएका छन् । आज सम्पन्न वडा अधिवेशनबाट आचार्य निर्विरोध रूपमा निर्वाचित भएका हुन् । १७१ जना सङ्गठित सदस्य रहेको वडामा १४३ जना उपस्थित रहेका निर्वाचन अधिकृत हरिप्रसाद सुवेदीले जनाएका छन् । 

उपाध्यक्षमा विमला राई र चुडामणि अधिकारी, सचिवमा गोपी शाह र उपसचिवमा विमला तामाङ निर्वाचित भएका छन् । 

आज ११ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट अधिवेशनको एकमुष्ट रूपमा उद्घाटन गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्