एमाले बेलबारीको २ नं वडामा राजु परियार


बेलबारी, ६ कार्तिक । नेकपा एमालेको आज सम्पन्न अधिवेशनबाट बेलबारी नगरपालिका वडा नं २ मा राजु परियार निर्विरोध निर्वाचित भएका छन् । रमिते सामुदायिक वनको सभाहलमा सम्पन्न अधिवेशनबाट परियार निर्विरोध रूपमा निर्वाचित भएको नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य एवम् निर्वाचन मण्डलका अध्यक्ष नरेन्द्र बरालले बताएका छन् । 

बेलबारी नगरपालिका वडा नं २ मा नेकपा एमालेका १६८ जना सङ्गठित रहेका थिए । 

उपाध्यक्षमा सीताराम खड्का, सचिवमा खगेन्द्र प्रसाद ओझा र उपसचिवमा प्रेमबहादुर राई र शर्मिला खरेल पोखरेल निर्वाचित भएका छन् । आज ११ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट देशैभरका वडा अधिवेशनको एकमुष्ट रूपमा उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्