एमाले बेलबारीको १ नं बाहेक सबै वडाको अधिवेशन सम्पन्न : १० वटै वडामा निर्विरोध कमिटी चयन


बेलबारी, ६ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी एमाले बेलबारीको वडा नं १ बाहेकका सबै वडाको अधिवेशन सम्पन्न भएको छ । आज (शनिवार) सम्पन्न अधिवेशनबाट वडा नं २ देखि ११ नं सम्मका वडा कमिटी चयन भएको नेकपा एमाले बेलबारीले जनाएको छ ।

नेकपा एमाले नगर कमिटी बेलबारीका संयोजक ईरान राईका अनुसार वडा नं १ बाहेक सबै वडामा आज निर्विरोध रूपमा कमिटी चयन भएका छन् । वडा नं १ मा भने केही सल्लाह गर्नु पर्ने भएकोले आज कमिटी चयन हुन नसकेको तर भोलि एक चरणमा सल्लाह कमिटीको चयन हुने बताएका छन् । यदि सल्लाह नमिलेमा निर्वाचनमै गएरै भए पनि कमिटी चयन हुने संयोजक राईले बताएका छन् । 

शनिवार आज सम्पन्न वडा अधिवेशनमार्फत वडा नं २ मा राजु परियार, ३ मा लीलाप्रसाद आचार्य, ४ मा सुजित बस्नेत, ५ मा कर्ण बस्नेत, ६ मा पुष्कर शर्मा जमरकट्टेल, ७ मा नरबहादुर श्रेष्ठ, ८ मा विमल मेन्याङबो, ९ मा धिरोज श्रेष्ठ, १० मा ताराहाङ राई र ११ मा केशर गुरुङ अध्यक्ष निर्विरोध रूपमा चयन भएका छन् । 

एमालेले शनिवार देशैभर वडा अन्तरगतको अधिवेशन सुरु गरेको हो । अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट एकैसाथ वडा अधिवेशनको उद्घाटन गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्