एमाले सुन्दरहरैँचाको १२ वटै वडामा निर्विरोध रूपमा कमिटी चयन


बेलबारी, ६ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी एमाले सुन्दरहरैँचाको सबै वडाको अधिवेशन सम्पन्न भएको छ । आज (शनिवार) सम्पन्न अधिवेशनबाट १२ वटै वडाको अधिवेशन सम्पन्न भएको हो ।  नेकपा एमाले नगर कमिटी सुन्दरहरैँचका अध्यक्ष मातृकाप्रसाद ढकालका अनुसार शनिवार सम्पन्न सबै वडामा निर्विरोध रूपमा कमिटी चयन भएका हुन् ।

अध्यक्ष ढकालका अनुसार शनिवार सम्पन्न वडा अधिवेशनमार्फत वडा नं १ मा रुद्र थापा २ मा झरिलाल चौधरी, ३ मा सोभितमान पौड्याल, ४ मा नारायण श्रेष्ठ, ५ मा विशाल गुरागाईँ, ६ मा लक्ष्मीप्रसाद सिग्देल, ७ मा खड्गबहादुर श्रेष्ठ, ८ मा छत्रपति दाहाल, ९ मा युवराज पौडेल, १० मा नेत्रकुमार श्रेष्ठ, र ११ मा हरिकृष्ण कटवाल र १२ मा खगेन्द्र सेन्दाङ् लिम्बू रहेका छन् ।  

एमालेले शनिवार देशैभर वडा अन्तरगतको अधिवेशन सुरु गरेको हो । अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट एकैसाथ वडा अधिवेशनको उद्घाटन गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्