एउटै व्यक्ति काँग्रेसको वडा उपसभापति र एमालेको वडा सचिवमा


दार्चुला, ७ कार्तिक । दार्चुलामा एउटै व्यक्ति काँग्रेस र एमालेको पदाधिकारीमा चुनिएका छन् । काँग्रेस अधिवेशनबाट वडा उपसभापतिमा चयन भएका शङ्कर सिंह डोबाल शनिवार सम्पन्न नेकपा एमालेको वडा अधिवेशनमा सचिवमा चयन भएका छन् । 

उनी गत ९ असोजमा  सम्पन्न नेपाली काँग्रेसको वडा महाधिवेशनबाट डोबाल महाकाली नगरपालिका–२ को उपसभापतिमा चयन भएका थिए । काँग्रेसको वडा अधिवेशनबाट डोबाल उपसभापतिमा चयन भएको भए पनि काँग्रेस महाकाली नगरपालिकाका प्रवक्ता पदम सिंह महरले पुष्टि गरे पनि उनी पछिल्लो राजनीतिक गतिविधिको बारेमा जानकार नभएको बताए । डोबालले आधिकारिक रूपमा एमालेमा प्रवेश गरेकोबारे आफू अनविज्ञ रहेको पनि प्रवक्ता महर बताउँछन् ।  

उता नेकपा एमाले दार्चुलाले शनिवार सम्पन्न गरिएको वडा अधिवेशनमा शङ्कर सिंह डोबाल सचिवमा चयन भएको पुष्टि गरेको छ । 

प्रतिक्रिया दिनुहोस्