माओवादी केन्द्रका कार्यकर्ता एमालेको वडा अध्यक्षमा चुनिए


आफू माओवादी केन्द्रमै रहेको सापकोटाको प्रस्टोक्ति

सिन्धुपाल्चोक, ७ कार्तिक । शनिवार मात्र नेकपा (एमाले) एमालेको वडाध्यक्षमा चयन भएका एक जना वडा अध्यक्षले आफू एमाले नभएको बताएका छन् । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ मा हिजो (शनिवार) नेकपा एमालेका तर्फबाट वडा अध्यक्ष चुनिएका रुद्रप्रसाद सापकोटाले आफू एमाले नभएर माओवादी केन्द्रको कार्यकर्ता भएको प्रस्ट पारेका हुन् ।  

सापकोटाले शनिवार नै एक वक्तव्य जारी गर्दै एमालेका केही जिम्मेवार व्यक्तिहरूले आफूलाई बोलाएर काम छ भनी वडाध्यक्ष बनाएको भन्दै आफू माओवादी केन्द्रमै रहेको बताएका छन् । उनले विज्ञप्तिमा एमालेमा भनेका छन् ‘मलाई केही जिम्मेवार व्यक्तिहरूले बोलाएर काम छ भनेर त्यहाँ मलाई वडा कमिटीको अध्यक्ष बनाइयो । तर मेरो एमालेमा कुनै संलग्नता नरहेको प्रस्ट पार्न चाहन्छु ।’ 

उनले आफ्नो माओवादी केन्द्रको सदस्यता यसअघि नै नवीकरण गरेको पनि विज्ञप्तिमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्