एमाले बेलबारीको वडा नं १ मा पनि सर्वसम्मत रूपमा कमिटी चयन


बेलबारी, ७ कार्तिक । १० वटै वडामा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको बेलबारी नगरपालिकाको १ नं वडामा पनि कमिटी चयन भएको छ । नेकपा एमालेको आज (आइतवार) सम्पन्न वडा अधिवेशनबाट बेलबारी नगरपालिका वडा नं १ को अध्यक्षमा विष्णु कुमार गिरी सर्वसम्मत रूपमा छानिएका हुन् । 

उपाध्यक्षमा लक्ष्मी अर्याल, सचिवमा योगेन राई, उपसचिवमा नवराज सुवेदी र वीना लुइँटेल निर्विरोध रूपमा चुनिएको भएका नेकपा एमाले नगर कमिटी बेलबारीले जनाएको छ ।  अरू वडामा शनिवार नै सर्वसम्मत रूपमा कमिटी चयन भए पनि १ नं वडाको अधिवेशन भने सल्लाह नमिल्दा एक दिन पर सरेको थियो । 

शनिवार ११ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट अधिवेशनको एकमुष्ट रूपमा उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्