सीमा विवादकैबिच चीनले ल्यायो नयाँ सीमा सुरक्षा कानुन


काठमाडौँ, ८ कार्तिक । छिमेकी मुलुकहरूसँग सीमा विवाद कायम रहेकै बेलामा चीनले नयाँ सीमा सुरक्षा कानुन पारित गरेको छ । भारत र अरू छिमेकी मुलुकहरूसँग सीमा विवाद कायमै रहेको बेला नेपालको उत्तरी सिमानामा रहेको राष्ट्र चीनले सीमा सुरक्षा मजबुत पार्ने कानुन पारित गरेको छ ।

‘ल्यान्ड बोर्डर्स ल’ नाम दिइएको यो सीमा नीतिलाई शनिवार मात्र नेसनल पिपुल्स कङ्ग्रेसको स्थायी समितिले पारित गरेको छ । नयाँ कानुनले सीमामा घुसपैठ तथा नजिक ड्रोन उडाउनसमेत निषेध गरेको छ ।

नयाँ कानुनअनुसार गैर कानुनी रूपमा चीनको सीमा पार गर्नेमाथि नाकाबन्दी वा प्रहरी संयन्त्र र हतियार प्रयोग गर्न सकिने छ । विवादित सीमा क्षेत्रमा चीन र भारतले सडक एवं सैन्य सुविधाको निर्माणलाई लिएर गत वर्षदेखि चिनियाँ र भारतीय सेनाबिच भएको मुठभेड भएको थियो । यस्तो मुठभेड भएपछि दुई देशबिच गतिरोध लामो समयदेखि कायमै रहेको बेलामा चिनले यस्तो कानुन ल्याएको हो ।

एससीमपी र एनएचकेबाट

प्रतिक्रिया दिनुहोस्