केराबारीमा आजबाट प्रथम स्व. राजु सोदेन स्मृति कप २०७८ सुरु हुँदै


केराबारी, ८ कार्तिक । आज (सोमवार) बाट केराबारीमा प्रथम स्व. राजु स्वदेन स्मृति कप २०७८ सुरु हुँदै छ । वि. सं २०४० सालमा जन्म भई केराबारीको खेलकुद क्षेत्रमा उल्लेख्य योगदान दिएका स्व. सोदेनको स्मृतिमा प्रतियोगिता सञ्चालन गरिएको हो । 

कार्तिक ८ गते सुरु भई १५ गते सम्पन्न हुने प्रतियोगितामा मोरङ, सुनसरी, उदयपुर, झापाका विभिन्न आठ वटा टिमले सहभागिता जनाउने स्व.राजु सोदेन स्मृति कप मूल आयोजक समितिका प्रवक्ता अनिल ठकुरीले जानकारी गराएका छन् । 

केराबारी ८ मा रहेको मचिन्द्र माविको खेल मैदानमा आज दिउसो १ बजे प्रतियोगिताको उद्घाटन हुँदैछ । केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीले खेलको उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । 

प्रतियोगिताका विजेता टिमले १ लाख १ हजार १ सय ११ र उपविजेताले ५१ हजार १ सय ११ शिल्ड तथा प्रमाण पत्र पाउने छन् । 

प्रतिक्रिया दिनुहोस्