प्रधानन्यायाधीशले बोलाएको ‘फुल कोर्ट’, न्यायाधीशहरू सहभागी नहुने


काठमाडौँ, ८ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आजका लागि बोलाएको पूर्ण बैठकमा सर्वोच्च अदालतका १४ न्यायाधीश सहभागी नहुने भएका छन् । आफूहरूसँग एजेन्डाका बारेमा छलफलै नगरी बोलाएको बैठकमा सर्वोच्चका ती न्यायाधीशहरुले आफूहरू सहभागी नहुने निर्णय गरेका हुन् । 

न्यायालयको गरिमा र स्वतन्त्रताबारे सर्वत्र बहस हुँदा सहकर्मी न्यायाधीशहरूसँग एक पटक पनि छलफल नगरी फुल कोर्टको बैठक डाकेको भन्दै आफूहरूले प्रधानन्यायाधीशले आज बोलाएको बैठक बहिस्कार गर्ने निर्णय गरेको बताएका छन् । 

सर्वोच्चका १४ जना न्यायाधीशले ‘फुल कोर्ट’ बहिष्कार गर्ने निर्णय गरेर आइतवार देखि जारी छलफललाई निरन्तरता दिने निर्णय गरेका छन् । छलफल प्रधानन्यायाधीशका कामकारबाही विषयमा केन्द्रित रहेको बताइएको छ । 

उता प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले भने आफूले गठबन्धन सरकारसँग मन्त्री भाग नमागेको बताउँदै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्