सिराहामा लागु औषधसहित वडाध्यक्ष यादव पक्राउ


सिराहा, ९ कात्तिक । लागु औषधसहित सिराहामा एक वडाध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिराहा नगरपालिका– १८ का वडाध्यक्ष रामसोगारथ यादव रहेको प्रहरीले जनाएको छ । यादव नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष हुन् ।  

वडाध्यक्ष यादवको साथबाट प्रहरीले लागु औषध बरामद गरेको सिराहाका प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए । सरकारी नम्बर प्लेटको स १ ब ९३८ नम्बरको मोटरसाइकलमा भारतबाट फर्किँदै गरेका वडा अध्यक्ष यादवका साथबाट प्रहरीले नाइट्रोभेट १५ पिस ट्याब्लेटसहित बरामद गरेको छ । 

पक्राउ परेका वडा अध्यक्षलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्