प्रधानन्यायाधीश राणाले राजीनामा नदिएसम्म वकालतमै नजाने शम्भु थापाको भनाइ


काठमाडौँ, १० कार्तिक । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पदमा रहेसम्म नेपाल बार एसोसियशनले वकालत नगर्ने बताएका छन् । नेपाल बार सल्लाहकार समिति बैठकमा मङ्गलवार यस्तो धारणा व्यक्त गरेका हुन् ।

थापा नेपाल बारका पूर्व अध्यक्षसमेत हुन् । नेपाल बार सल्लाहकार समिति बैठकमा मङ्गलवार आफ्ना सुझाव राखेर बाहिरिने क्रममा उनले भने ‘पछिल्लो समय न्याय क्षेत्रमा विचलन देखिएको छ । प्रधानन्यायाधीश आफैले निकास दिने विकल्प भनेको राजीनामा नै हो’, उनले भने, ‘प्रधानन्यायाधीश जबरा पदमा रहेसम्म नेपाल बारले वकालत ठप्प पार्छ । हामी बहस गर्न जाँदैनौँ ।’

थापाले नेपाल बार र सर्वोच्च बार दुवैले बुधवारबाटै अदालतमा वकालत ठप्प पार्ने चेतावनीसमेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्