अमाहिबरियाती प्रहरी चौकीमा कार्यरत हवलदार यादव असोज महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित


विराटनगर, १० कार्तिक । अमाहिबरियाती प्रहरी चौकीका कार्यरत हवलदार हुमेन्द्र प्रसाद यादव असोज महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । इलाका प्रहरी कार्यालय पथरी दरबन्दी भई प्रहरी चौकी अमाहिबरियाती मोरङमा कार्यरत प्रहरी हवलदार यादव असोज महिनाको सर्वोत्कृष्ट प्रहरी प्रहरी घोषित भएका १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

विभागीय निर्देशनको पूर्ण रूपमा पालना गरी व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्य पथमा तल्लीन रही उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पु¥याउनुका साथै आम नागरिकहरूमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले कार्यसम्पादनको उच्च मूल्याङ्कन गर्दै उनलाई २०७८ साल ‘असोज महिनाको सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरिएको बताइएको छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरू मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।

सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको विवरण सहितको फ्लेक्स प्रिन्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालयहरूमा १ महिना सम्म राख्ने गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्