मुख्यमन्त्री शाक्यले राजीनामा दिएसँगै नयाँ सरकारको प्रक्रिया सुरु


 हेटौँडा, १० कार्तिक । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएसँगै बागमती प्रदेशमा नयाँ सरकार निर्माणको प्रक्रिया सुरु भएको छ । विश्वासको मत प्राप्त नहुने देखे पछि मुख्यमन्त्री शाक्यले आज राजीनामा दिएकी हुन् । शाक्य प्रदेशसभा बैठकबाट सोझै प्रदेश प्रमुखको कार्यालयमा पुगेर राजीनामा बुझाइन् ।

योसँगै बागमती प्रदेशमा अब नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । विपक्षी गठबन्धनले भावी मुख्यमन्त्रीको रूपमा नेकपा (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अघि सारेका छ । पाण्डेलाई नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा लगायतका दलको समर्थन रहेको छ । 

विपक्षी गठबन्धनसँग यतिखेर नेकपा माओवादी केन्द्रबाट २३ जना, नेपाली काँग्रेसका २२ जना, नेकपा (एकीकृत समाजवादी)का १३ र जसपाको एक सांसद गरी ५९ जना सांसद रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्