अल्मुताइरी नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी लिन सहमत


काठमाडौँ, १० कार्तिक । साफ च्याम्पियनसिप प्रतियोगिता सकिनसाथ जिम्मेवारी छाड्ने घोषणा गरेका अब्दुल्लाह अल्मुताइरीले अन्ततः ः नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षक भएर काम गर्न सहमत भएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल एसोसिएसनसँग भएको छलफलपछि उनी नेपाली टोलीको प्रमुख प्रशिक्षक भएर काम गर्न तयार भएका हुन् ।

सम्झौता भए पछि उनले सामाजिक सञ्जालमार्फत नेपाली फुटबललाई राम्रो बनाउनका लागि लाग्ने बताउँदै त्यसका लागि आफूलाई समय चाहिएको बताएका छन् । 

उनले सामाजिक सञ्जाल लेखेका छन् ‘आगामी दुई वर्षको लक्ष्य र योजना छिट्टै सार्वजनिक गर्छौँ । नेपाली फुटबललाई अर्को स्तरमा पु¥याउने मेरो बाचा छ ।’

मुख्य प्रशिक्षक अल्मुताइरीले नेपाली फुटबल फ्यानहरूलाई आफू नेपाली टिमप्रति देखाएको सद्भाव र मायाको लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यही माया र सद्भावको आसा व्यक्त गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्