बागमतीमा मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दाबी : ५९ सांसदको समर्थन


हेटौँडा, ११ कार्तिक । नेकपा (एकीकृत समाजवादी) बागमती संसदीय दलका नेता राजेन्द्र पाण्डेले ५९ जनाको समर्थनसहित मुख्यमन्त्रीमा नियुक्तिका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष दाबी पेस गरेका छन् । 

अष्टलक्ष्मी शाक्यले बुधवार मुख्यमन्त्रीबाट राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो । प्रदेश प्रमुख शर्माले २४ घण्टाको समय सीमा दिएर सरकार गठनका लागि दाबी गर्न आउन आह्वान गरेकै दिन बुधवार नै गठबन्धनका तर्फबाट पाण्डेले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् । 

पाण्डेलाई नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, नेकपा (एस) र जनता समाजवादी पार्टीको समर्थन रहेको छ । 

प्रतिक्रिया दिनुहोस्