बागमतीमा नव नियुक्त मुख्यमन्त्री पाण्डेले लिए शपथ


हेटौँडा, ११ कार्तिक । बागमती प्रदेशका नव नियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीवार अपराह्न प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष मुख्यमन्त्री पाण्डेले शपथ लिएका हुन् ।प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका थिए । 

अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीबाट राजीनामा दिए पनि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको थियो । पाण्डे बागमती प्रदेशको तेस्रो मुख्यमन्त्री बनेका हुन् । मुख्यमन्त्री पाण्डेसँग काङ्ग्रेसबाट कृष्णलाल भडेल, माओवाद केन्द्रबाट कुमारी मोक्तान र एकीकृत समाजवादीबाट कृष्णप्रसाद शर्माले मन्त्रीको शपथ लिएका छन् । मोक्तानलाई सामाजिक विकास, खनाललाई आर्थिक मामिला तथा योजना र भडेललाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाएका छन् । 

एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका पाण्डेलाई काँग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) को समर्थन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्