काँग्रेसको महाधिवेशनको मितिमा हेरफेर : केन्द्रीय महाधिवेशन मङ्सिर २४ देखि २६ गतेसम्म हुने



काठमाडौँ, १२ कार्तिक । नेपाली काँग्रेसको महाधिवेशनको मिति फेरि परिवर्तन भएको छ । बिहीवार निर्वाचन समितिले १२ वटा जिल्लामा कार्तिक २७ गते वडा अधिवेशन र ३० गते पालिकास्तरीय अधिवेशनको तालिका सार्वजनिक गरेका छ । 

नयाँ तालिकाअनुसार प्रदेश सभा क्षेत्रीय अधिवेशन मङ्सिर ३ र प्रतिनिधिसभा क्षेत्रको मङ्सिर ६ गतेका लागि मिति तय गरिएको छ । त्यसै गरी जिल्ला अधिवेशन मङ्सिर १० गतेका लागि तय गरिएको छ ।

प्रदेश अधिवेशन मङ्सिर १६ र १७ गतेका लागि तय गरिएको छ भने केन्द्रीय महाधिवेशन मङ्सिर २४ देखि २६ गतेसम्म तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्