बेलबारी गोल्डकप : सशस्त्र प्रहरी बल काठमाडौँ फराकिलो गोल अन्तरले सेमिफाइनलमा प्रवेश


बेलबारी, १२ कार्तिक । बेलबारीमा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्ड कप २०७८ अन्तरगतको दोस्रो क्वाटर फाइनल खेलमा सशस्त्र प्रहरी बल काठमाडौँ विजयी भएको छ । सशस्त्र प्रहरी बल काठमाडौँले भारतको अमुक्त परिवार वेस्ट बङ्गाललाई ० का विरुद्ध ५ गोलको फराकिलो गोल अन्तरले पाखा लगाउँदै सेमिफाइनल प्रवेश गरेको हो । 

सशस्त्र प्रहरी बल काठमाडौँका  लागि खेलको २२ औँ मिनेट आभास लामिछाने गोलको खाता खोलेका थिए । एक पछि अर्को दबाबमा राखेको सशस्त्र प्रहरी बल काठमाडौँले खेलको २३ औँ मिनेटमा आवास लामाले सानो डिबक्स भित्रबाट प्रहार गरेको बल बाहिरिएको थियो ।

त्यस्तै सनिस श्रेष्ठको २६ र ३६ औँ मिनेटमा पाएको फ्री बल समेत गोल गर्न सकेनन् । खेलको ४४ औँ मिनेटमा प्रदीप लामा गोल गर्दै अग्रता दोब्बर पारे ।पहिलो हाफमा २–० गोल अन्तरले पछि परेको वेस्ट बङ्गालले खेलमा फर्कन सकेन । दोस्रो हाफमा ए पि एफका आशिस लामाले व्यक्तिगत २ गोल गरे भने सविन गुरुङले १ गोल गर्दा ए पि एफले खेल ५–० को फराकिलो गोल अन्तरले जित्न सफल भयो । आशिस लामाले खेलको ४९ र ८१ औँ मिनेट गोल गरे भने सबिन गुरुङले ७५ औँ मिनेटमा गोल गर्न सफल भए ।सशस्त्र प्रहरीले प्रतियोगिता जितिरहँदा ४ ओटा एल्लो कार्ड पाएको ।

सशस्त्र प्रहरीका सनिस श्रेष्ठ, प्रदीप लामा, दिपेश धिमाल र नवीन लामाले एल्लो कार्ड पाएका थिए । खेलको म्यान अफ द म्याच सशस्त्र प्रहरी बल काठमाडौँका आशिस लामा घोषित हुँदै भए । लामालाई कार्यक्रमका प्रमुख अतिथि प्रहरी वरिष्ठ उपरीक्षक प्रदेश नं २ तालिम केन्द्र प्रमुख केदार ढकालले नगद ५ हजार ५ सय र ट्रफि प्राप्त गरेका छन् ।

कार्तिक १३ गते तेस्रो क्वाटर फाइनल खेल हिमालयन शेर्पा क्लब काठमाडौँ र गाईघाट फुटबल क्लब उदयपुरबिच हुने छ ।प्रतियोगितामा विजेता टिमले ५ लाख र उपविजेता टिमले २ लाख ५० हजार रूपैयाँ नगद पुरस्कार पाउने छन् प्रतियोगितामा नेपाल र भारतका ८ वटा टिमको सहभागिता रहने छ ।

सशस्त्र प्रहरी बलको एपीएफ क्लब काठमाडौँ, हिमालयन शेर्पा क्लब, च्यासल क्लब, आयोजक डीवाईसी मोरङ, रोलिङ क्लब झापा, गाईघाट फुटबल क्लब उदयपुर, राजारानी क्लब धनकुटा र भारतको रोयल फुटबल क्लब सिलिगुडीले प्रतियोगितामा सहभागिता जनाउने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्