बेलबारीमा नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियुको नगर कमिटी गठन


बेलबारी, १३ कार्तिक । नीरज राईको अध्यक्षतामा बेलबारीमा नेकपा नेकपा एकीकृत समाजवादीनिकट निकट अनेरास्ववियुको नगर कमिटी गठन भएको छ । बिहिवार बेलबारीको तमु बौद्धिष्ट गुम्बामा भएको विधार्थीहरूको भेलाले राईको अध्यक्षमा ५१ सदस्यीय नगर कमिटी गठन गरेको हो ।

नव गठित कमिटीको उपाध्यक्ष अनुसा बस्नेत, सचिवमा अजयराज भण्डारी सह–सचिवमा विनोद थापा कोषाध्यक्षमा सुविना चौधरी रहेका छन् ।

उक्त अवसरमा नेकपा एकीकृत समाजवादी बेलबारी नगर कमिटी संयोजक भूपाल बस्नेत, सचिव अर्जुन गिरी, फणीन्द्र थापा, अनेरास्ववियुको केन्द्रीय सचिव मिलन बस्नेत लगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्