नेकपा एमाले बेलबारी नगर कमिटीमा बल्ल जुट्यो सहमति : अध्यक्षमा ईरान राई सर्वसम्मत


बेलबारी, १४ कार्तिक । लामो समयको प्रयास पछि नेकपा एमाले बेलबारीको नगर कमिटीमा सहमति जुटेको छ । ईरान राई सर्वसम्मत रूपमा पार्टी अध्यक्षमा चुनिएका छन् ।

सर्वसम्मत नेतृत्व चयन गर्न पार्टीको माथिल्लो नेतृत्व लागिपरेका थिए । नगर कमिटीको उपाध्यक्षमा कृष्ण गुरुङ, सचिवमा शङ्कर गुरुङ र उपसचिवमा अजित अधिकारी र उपसचिवमा सुनिता चौधरी सहित ७६ सदस्यीय कमिटी गठन भएको निर्वाचन मण्डलकाले जानकारी दिएकाको छ ।

लामो समयसम्म नेतृत्व चयन हुन नसक्दा अनेकन टिका टिप्पणी हुन थालेका थिए । यही टिका टिप्पणीका कारण पार्टीको माथिल्लो कमिटीले बढी चासो दिएको बताइएको छ । पार्टीले १६ गते एक कार्यक्रम आयोजना गरेर नगर कमिटीको शपथग्रहण तथा परिचयात्मक कार्यक्रम गर्ने जनाएको छ । 

सर्वसम्मत रूपमा कमिटी चयन भएको भनिए पनि अध्यक्ष पदका अर्का दाबेदार मीलन राईले भने आफ्नो आलोचनात्मक समर्थन रहेको बताएका छन्। नगर कमिटीको नेतृत्वमा नयाँ नेतृत्व हुनु पर्ने आफ्नो जोड रहेको बताएका छन् । तर विधि र पद्धति विपरीत आफू सम्झौता नगर्ने बताए । पार्टीले सबैको योगदानको सम्मान मूल्याङ्कन गर्नु पर्ने बताएका छन । उनले भने “निर्वाचन नै गर्नु पर्ने भएको भए पनि म तयार थिए, तर पार्टीले ईरान सरलाई अध्यक्ष चयन गरेको छ । पार्टीको निर्णय विपरीत म जाँदिन, मेरो समर्थन छ तर योगदानको मूल्याङ्कन गर्नु अनिवार्य हो । भावी दिनमा सही मूल्याङ्कन होस ।”

बेलबारी वडा नं. ६ देखी पदाधिकारीमा मिलान राईसँगै उदय राईको पनि उपसचिवमा उम्मेदवारी थियो । तर दुवै जना नगर कमिटीमा अट्न सकेनन् । उदय राईले पार्टीको निर्णयलाई समर्थन गर्दै उपसचिवको उम्मेदवार बाट फिर्ता लिएको बताएका छन् । यदि पार्टीलाई मजबुत बनाउन उम्मेदवारी फिर्ता लिन ठिक मानिन्छ भने म स्विकार्छु तर भावी दिनमा यस त्यसको मूल्याङ्कन पनि हुन पर्छ भन्ने उदयको आग्रह रहेको छ । उनले चयन भएका कमिटीलाई बधाई तथा शुभकामना पनि प्रदान गरेका छन् । उनी वडा नं. ६ का जन निर्वाचित वडाध्यक्ष पनि हुन । 

उदय भन्छन, “भौगोलिक रूपमा समेट्न अनिवार्य थियो तर पनि सर्वसम्मतको लागि उम्मेदवारी फिर्ता लिएर मेरो जिम्मेवारी पुरा गरेको छु । यस कारण भोलि पार्टीले पनि सही मूल्याङ्कन गर्दै, उचित जिम्मेवारी प्रदान गर्नेबारे विश्वस्त छु ।”

त्यस्तै अध्यक्षमा वडा नं. ८ का प्रभाग खवास, उपाध्यक्षमा वडा नं. ८ का पि.बि थापा मगर, सचिवमा हेमसागर ढकाल, गजेन्द्र राज लिम्बु र उपसचिवमा उदय राईसँगै रमेश निरौलाले पनि उम्मेदवारी फिर्ता लिएका छन् । 

प्रतिक्रिया दिनुहोस्