नेपाल भन्छन् –प्रदेश १ मा छिट्टै एकीकृत समाजवादीको नेतृत्वमा सरकार बन्छ’


विराटनगर, १३ कार्तिक । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रदेश नं १ मा चाँडै नेकपा एकीकृत समाजवादीको नेतृत्वमा सरकार गठन हुने बताएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले विराटनगर विमानस्थलमा शनिवार बिहान सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीको क्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन् । 

नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाअभियोग लगाउने विषयमा कुनै छलफल नभएको बताएका छन् ।

उनले अघिल्लो सरकारले सङ्घीयता, राष्ट्रियता र लोकतन्त्रलाई कमजोर बनाउने काम गरेको आरोपसमेत लगाए ।

प्रतिक्रिया दिनुहोस्