हिमालयन शेर्पा सेमिफाइनलमा प्रवेश


बेलबारी, १३ कार्तिक । बेलबारीमा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्ड कप २०७८ अन्तरगतको तेस्रो क्वाटर फाइनल खेलमा हिमालयन शेर्पा क्लब काठमाडौँ विजयी भएको छ । बेलबारी ११ लक्ष्मी मार्गमा रहेको लक्ष्मी खेलमैदानमा जारी खेलमा हिमालयन शेर्पा क्लब काठमाडौँले उदयपुर फुटबल क्लबलाई ० का विरुद्ध ३ गोल प्रहार गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।


हिमालयन शेर्पा काठमाण्डौका लागि खेलको १९ औँ मिनेट मनिष थापाले गरेको प्रहार गोलमा परिणत भएको थियो । पहिलो हाफ १–० गोल अग्रता लिएको हिमालयनका लागि ५५ औँ मिनेटमा सेवी गुरुङ गोल गर्दै अग्रता दोब्बर पारे भने ७१औँ मिनेट गाईघाटका विदेशी खेलाडी एलेक्स एन्डरलक्कीले हिमालय शेर्पाका त्रिदेव गुरुङलाई फल गरे पछि पाएको फ्रिकिकमा विश्वास श्रेष्ठले गोल गर्दै अग्रता तेब्बर पारेका थिए । विदेशी खेलाडीसहित मैदान प्रवेश गरेको हिमालयनले गाईघाट फुटबल क्लबलाई गोल गर्ने कुनै पनि मैका दिएन । खेलमा दुवै टोलीले विदेशी खेलाडी उतारे पनि स्कोर निकाल्न नसक्दा गाईघाट पहिलो चरणबाटै बाहिरिन पुग्यो ।


कडा प्रतिस्पर्धाका बिच खेल भए पनि उदयपुरले कुनै गोल लगाउन सकेन ।


खेलको म्यान अफ द म्याच हिमालयन शेर्पा काठमाण्डौँका विशन गुरुङ घोषित भए । गुरुङलाई कार्यक्रमका प्रमुख अतिथि बेलबारी नगरपालिकाका प्रवक्ता योगेन्द्र सुबेदी नगद ५ हजार ५ सय र ट्रफि प्रदान गरेका थिए ।


कार्तिक १७ गतेसम्म चल्ने प्रतियोगितामा प्रतियोगिताको विजेता टिमले ५ लाख र उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् ।


भोलि अर्थात कार्तिक १४ गते अन्तिम चौथो क्वाटर फाइनल खेल रारा फुटबल क्लब राजारानी र आयोजक डाँगीहाट फुटबल क्लब बेलबारीबिच हुने छ ।


प्रतियोगितामा नेपाल र भारतका ८ वटा टिमको सहभागिता रहने छ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब काठमाडौँ, हिमालयन शेर्पा क्लब, च्यासल क्लब, आयोजक डीवाईसी मोरङ, रोलिङ क्लब झापा, गाईघाट फुटबल क्लब उदयपुर, राजारानी क्लब धनकुटा र भारतको रोयल फुटबल क्लब सिलिगुडीले प्रतियोगितामा सहभागिता जनाउने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्