लालभित्तीमा तिहार विशेष साङ्गीतिक कार्यक्रम


बेलबारी, १४ कार्तिक । स्थानीय प्रतिभालाई प्रस्फुटन गर्ने अभिप्रायका साथ बेलबारीको लालभित्तीमा तिहार विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम बेलबारी २ लालभित्तीमा रहेका लालभित्ती फुटबल क्लब र लालभित्ती यूथ क्लबको संयुक्त आयोजनामा सम्पन्न भएको हो ।                                     

लालभित्ती चोकमा शनिवार सम्पन्न साङ्गीतिक कार्यक्रमका प्रमुख अतिथि बेलबारी नगरपालिका वडा नं २ का अध्यक्ष घनश्याम गौतम रहेका थिए ।कार्यक्रममा लालभित्ती फुटबल क्लबका अध्यक्ष गोकुल दाहाल, रमिते सामुदायिक वनका उपाध्यक्ष तीलक लिम्बू, पन्चदीप सहकारीका सिताराम न्यौपाने, शिक्षा सन्देश इ स्कुलका भूपाल बस्नेत लगायतका व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।                                                                       

स्थानीय प्रतिभालाई प्रस्फुटन गर्ने अभिप्रायका आयोजित कार्यक्रममा कलाकार सञ्जीव धिमालका साथै लालभित्तीकै स्थानीय नवोदित कलाकारको प्रस्तुति रहेको थियो । टिम सरुको तर्फबाट कलाकारहरू सविना तामाङ, विनिशा राई लगायतका स्थानीय कलाकारहरूले नृत्य प्रस्तुत गरेका थिए  । कार्यक्रममा यूथ ब्यान्ड लालभित्ती, रोहन मास्के एन्ड ब्यान्ड, करण एन्ड अस्तित्व लगायतका ब्यान्डको बेजोड प्रस्तुति रहेको थियो ।       

त्यसैगरी स्थानीय कलाकार भीम न्यौपाने, सन्देश लिम्बू, सप्न नीराजन, रन्जिता गिरी,  श्याम तिम्सिना, पवन रोक्का, निशान सिन्चेउरी आदिको गायनले लालभित्ती गुन्जिएको थियो । १० वर्ष पछि लालभित्तीमा आयोजना भएको यस्तो प्रकारको साङ्गीतिक कार्यक्रम सञ्चालन भएको थियो । २०६८ लालभित्ती युवा समूहको आयोजनामा यस्तो प्रकारको साङ्गतिक कार्यक्रम सञ्चालन गरिएको थियो । 

लालभित्ती यूथ क्लबका अध्यक्ष सुसन कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने हरि घिसिङको रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्