एमाले लेटाङको अध्यक्षमा कृष्णप्रसाद लुइँटेल सर्वसम्मत रूपमा चयन


लेटाङ, १४ कार्तिक । नेकपा एमाले लेटाङको अध्यक्षमा कृष्णप्रसाद लुइँटेल सर्वसम्मत रूपमा चयन भएका छन् । शनिवार सम्पन्न नगर अधिवेशनमा लुइँटेलको नेतृत्वमा सर्वसम्मत रूपमा कमिटी चयन भएको नगर अधिवेशन आयोजक कमिटीले जनाएको छ । 

नवगठित नगर कमिटीका उपाध्यक्षमा बालकुमार श्रेष्ठ, सचिवमा जीतबहादुर लामा, उपसचिव पुनम मास्की मगर र खड्गबहादुर मगरसहित ७१ सदस्सीय नगर कमिटी सर्वसम्मत रूपमा चयन भएको छ । 

लेटाङका रहेको जनसेवा सामुदायिक भवनमा सम्पन्न अधिवेशनको उद्घाटन नेकपा एमालेका नेता एवम् मोरङ क्षेत्र नम्बर १ का सांसद घनश्याम खतिवडाले गरेका थिए ।

उक्त कार्यक्रममा नेकपा एमाले मोरङका उपाध्यक्ष तथा प्रदेश कमिटी सदस्य रामलाल शाह, प्रदेश कमिटी सदस्य तथा पूर्व राज्यमन्त्री राजकुमार ओझा, प्रदेश कमिटी सदस्यहरू डीपी राई, दहशेर राई, डिल्ली शर्मा अधिकारी, प्रदेश कमिटी सदस्य तथा एमाले लेटाङका पूर्व अध्यक्ष भूपेन्द्र लावती, लेटाङ नगरपालिकाकी उपप्रमुख तथा अनेमसंघ प्रदेश कमिटी सदस्य कृष्णकुमारी निरौला लगायतको सहभागिता रहेको थियो । 

नगर अधिवेशनको अवसरमा नेकपा एमाले पार्टीमा योगदान पुर्‍याउने नेता विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्