सञ्चार मन्त्री भन्छन् –प्रदेश–१ मा राजेन्द्र राईको नेतृत्वमा गठबन्धनको सरकार बन्छ’


सुनरी, १४ कार्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रदेश नम्बर–१ मा राजेन्द्र राईको नेतृत्वमा गठबन्धनको सरकार निर्माण हुने बताएका छन् । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका–८ वडाको प्रशासनिक तथा कार्यालय भवनको उद्घाटन कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् ।

सञ्चार मन्त्री कार्कीले गठबन्धनमा भएको सहमितअनुससार नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता राजेन्द्र राईको नेतृत्वमा गठबन्धनको सरकार चाँडै निर्माण हुने बताए । 

प्रदेशमा कुनै दलको सदस्य सङ्ख्या कम बेसी भए पनि केन्द्रमा तर केन्द्रमा भएको सहमतिलाई तोड्न कसैले पनि अधिकार नभएको बताए । 

प्रतिक्रिया दिनुहोस्