गृहमन्त्री खाँण भन्छन् –पाँच दलीय गठबन्धन आउँदो निर्वाचनसम्म रहन्छ’


रुपन्देही, १४ कार्तिक । गृहमन्त्री बालकृष्ण खाँणले पाँच दलीय गठबन्धन आउँदो निर्वाचनसम्म कायम रहने बताएका छन् । रुपन्देहीको तिलोत्तमास्थित आफ्नै निवासमा आयोजित कार्यक्रममा गृहमन्त्री खाँणले उक्त कुरा बताएका हुन् । 

कार्यवाहक प्रधानमन्त्री समेत रहेका मन्त्री खाँणले संविधानको रक्षा र जनविश्वासलाई मजबुत बनाउन गठबन्धन एकजुट भएर निर्वाचनमा जानु पर्ने बताए । उनले ‘संविधानको रक्षा, जनताको चाहना र विश्वासलाई अझ मजबुत बनाउन आउँदो आम चुनावसम्म सत्ता गठबन्धन कायम रहन्छ ।’

पाँच दलीय गठबन्धनमा नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा रहेका छन् । 

नेपाली काँग्रेसका केही नेताहरूले आगामी निर्वाचनमा काँग्रेस एक्ले लड्छ भनिरहेको बेलामा गृहमन्त्री खाँणको यस्तो भनाइ आएको हो ।

प्रतिक्रिया दिनुहोस्