स्ववियू चुनावको कार्यतालिका सार्वजनिक गर्न अनेरास्ववियुको माग


काठमाडौँ, १४ कार्तिक । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले स्ववियू निर्वाचनको कार्यतालिका तत्काल सार्वजनिक गर्न माग गरेको छ । नेकपा एमालेनिकट अनेरास्ववियूले आज (आइतवार) त्रिभुवन विश्वविद्यालयलाई ज्ञापन पत्र बुझाउँदै फागुन १८ गतेभित्र निर्वाचन सम्पन्न गर्ने गरी कार्यतालिका सार्वजनिक गर्न माग गरेको हो । 

अनेरास्ववियूद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘लामो समयदेखि विभिन्न बहानामा रोकिएको स्ववियू निर्वाचन १८ फागुन २०७८ मा सम्पन्न गर्ने गरी कार्यतालिका तत्काल सार्वजनिक गर्न जोडदार माग गर्दछौँ ।’

त्यस्तै, अनेरास्ववियूले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कभन्दा बढी हुने गरी चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगन्जले गरेको शुल्क वृद्धिसम्बन्धी निर्णय तत्काल फिर्ता लिन पनि माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्