आयोजकलाई हराउँदै रारा फुटबल ब्लब धनकुटा सेमिफाईनलमा प्रवेश


बेलबारी, १४ कार्तिक । बेलबारीमा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्ड कप २०७८ अन्तरगतको अन्तिम क्वाटर फाइनल खेलमा आयोजकलाई हराउँदै रारा फुटबल क्लब धनकुटा सेमिफाइनलमा प्रवेश गरेको छ ।


बेलबारी ११ लक्ष्मीमार्गमा रहेको लक्ष्मी खेलमैदानमा जारी खेलमा आयोजक डाँगीहाट फुटबल क्लबलाई १ का विरुद्ध २ गोलले हराउँदै रारा फुटबल क्लब धनकुटा सेमिफाइनलमा प्रवेश गरेको हो ।
३ जना विदेशी खेलाडी सहित मैदान उत्रिएको रारा फुटबल क्लबका लागि नतिजा आफ्नो बनाउन अन्तिम थप गरेको २ मिनेट कुर्नु परेको थियो । राजारानी फुटबल क्लब धनकुटाकाका ग्लोरी १० मिनेटमा गोल गर्दै खाता खोले पनि खेलको ३१ मिनेटमा आयोजक डाँगिहाटका सन्तोष न्यौपानेले गोल गर्दै खेल बराबरीमा पु¥याए ।

ग्लोरीले कर्ण लिम्बुको पासमा उत्कृष्ट गोल गर्न सफल भए भने सन्तोषले एकल प्रयासमा गोल गरेका थिए । अन्तिम थप गरेको २ मिनेटमा राजारानीका योगेश गुरुङले सेन्टरमा पाएको गोलमा वान भर्सेस वनमा गोल गर्दै राजारानी फुटबल क्लबलाई विजयी गराए ।
आयोजक डाँगिहाटले निकै चर्चित र राष्ट्रिय लेबलका खेलाडी सहित मैदान उत्रिएको राजारानीलाई दबाबमा राखेको थियो । तर खेलमा पाएको सुनौला अवसरहरूमा स्कोर गर्न नसक्दा आयोजकले हार बेहोर्नु परेको हो ।


निकै प्रतिस्पर्धात्मक रहेको खेलमा मध्यान्तर अघि एकाएक गोल बराबरीमा रहेको थियो । दोस्रो हाफको थप समयमा राराका योगेश गुरुङले एकल प्रयासमा गरेको गोल नै खेलको निर्णायक गोल बन्न पुग्यो ।


मध्यान्तर अघि १०औँ मिनेटमा राराका ग्लोरीले कर्ण लिम्बुको पासमा गोल गर्दै टिमको खाता खोलेका थिए । ३०औँ मिनेटमा आयोजकका सन्तोष न्यौपानेले प्रहार गरेको बलले जाली चुम्न सफल भयो ।


आयोजकले विपक्षीको पोस्टमा दबाब सिर्जना गर्न सकेता पनि आयोजकका कासिम राईले प्रहार गरेको बल पटक पटक बाहिरिएको थियो ।
खेलको म्यान अफ द म्याच रारा फुटबल क्लब धनकुटाका बुद्ध चेम्जोङ भए उनले नगद ५ हजार ५ सय पुरस्कार पाए । सोमबार हुने पहिलो सेमिफाइनल खेल हिमालयन शेर्पा क्लब काठमाण्डौं र रोलिङ क्लब धुलाबारी झापाबिच प्रतिस्पर्धा हुन आयोजक डाँगीहाट यूथ क्लबका अध्यक्ष विक्रम बान्तवा राईले नबताएका छन् ।

प्रतिक्रिया दिनुहोस्