‘व्यवस्थित कार्य योजनाअनुसार नै भूमिहीनको समस्या समाधान हुन्छ’ : मन्त्री श्रेष्ठ


मोरङ, १५ कार्तिक । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले व्यवस्थित कार्य योजनाअनुसार भूमिहीनको समस्या समाधान हुने बताएकी छिन् । आइतवार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री श्रेष्ठले उक्त कुरा बताएकी हुन् । 

भूमि आयोगको आयोजनामा भूमिहीन, सुकुमबासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनसम्बन्धी प्रदेशस्तरीय समीक्षा कार्यक्रममा सहभागी हुन मन्त्री श्रेष्ठ विराटनगर आएकी हुन् ।

पत्रकार सम्मेलनमा उनले भनिन ‘भूमिहीन, सुकुमबासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनको समस्या एकै पटक समाधान हुन सक्दैन । यो त सरकारद्वारा व्यवस्थित कार्य योजना बनाएर गरिने काम हो । जुन काम भइरहेको छ ।’

साथै मन्त्री श्रेष्ठले भूमिहीनलाई लालपुर्जा वितरण गर्ने सबै एकैचोटी हुन नसक्ने पनि बताइन । 

प्रतिक्रिया दिनुहोस्