अवैध औषधिसहित तुम्लिङटारबाट दुई चिनियाँ नागरिक पक्राउ


सङ्खुवासभा, १५ कार्तिक । सङ्खुवासभाको तुम्लिङटारबाट अवैध औषधिसहित दुई चिनियाँ नागरिकलाई पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सिचुवान प्रान्तका यु छिनग्लिन र सान्दोङ रहेको प्रहरीले जनाएको छ ।

सङ्खुवासभा प्रहरीले खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा रहेको बुद्ध होटलबाट शुक्रवार उनीहरूलाई अवैध औषधिसहित पक्राउ गरिएको जनाएको छ । उनीहरूले अवैध रूपमा भन्सार छलेर कृषि बालीमा प्रयोग हुने औषधि ल्याएका थिए । 

पक्राउ परेका दुवैलाई आवश्यक कारबाहीको लागि बरामद गरिएको औषधिसहित आइतबार राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइएको सङ्खुवासभा प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्