लेटाङमा तीन दिने माइन्युट लेखन तथा उद्घोषण तालिम सम्पन्न


लेटाङ, १५ कार्तिक । मोरङको लेटाङमा प्रस्ताव, माइन्युट लेखन तथा उद्घोषण तालिम सम्पन्न भएको छ । तालिम गुडलक एजुकेसन तथा ट्रेनिङ सेन्टर प्रा लि इटहरीको आयोजना तथा लेटाङ नगरपालिकाको सहयोगमा सम्पन्न भएको हो । 

तालिममा लेटाङ नगरपालिकाका ९ वटै वडाबाट ५० जना सहभागी थिए । लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौलाले उद्घाटन गरेको तालिमको समापन भने लेटाङ नगरपालिकाका प्रमुख शङ्कर राईले गरेका थिए । नगरप्रमुख राईले तालिमका सहभागीलाई प्रमाण पत्र प्रदान गरेका थिए । 

कार्यक्रममा लेटाङ नगरपालिका शिक्षा शाखा प्रमुख कृष्णराज राई, लेटाङ नगरपालिका योजना शाखा प्रमुख भूपेन्द्र खनाल, नेपाल पत्रकार महासङ्घ मोरङका सहसचिव प्रशान्त निरौला, लेटाङ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गोपाल बारकोटी, लेटाङ नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष कृष्ण लुइँटेल, लेटाङ ३ का वडाध्यक्ष देवराज चाम्लिङ, वडा नम्बर ४ का वडाध्यक्ष सन्तोष कार्की, लेटाङ ९ का वडा सदस्य कमला राई लगायतको उपस्थिति रहेको थियो ।

तीन दिनसम्म चलेको तालिममा लेटाङ नगरपालिका शिक्षा शाखा प्रमुख कृष्णराज राई, योजना शाखा प्रमुख भूपेन्द्र खनाल तथा सप्तकोसी एफएमका सम्पादक लिलाराज भट्टराईले सहजीकरण गरेका थिए ।  

गुडलक एजुकेसन एण्ड ट्रेनिङ सेन्टर प्रा. लि. इटहरीका सञ्चालक वसन्त रेग्मीको अध्यक्षता सम्पन्न कार्यक्रमको सञ्चालन भने गुडलकका सञ्चालक एवम् संचारकर्मी रेवती निरौलाको रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्