सीको स्वागतमा दुई राष्ट्रपतिको तस्बिर बिजुलीको पोल पोलमा


काठमाडौँ, २३ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङको दुई दिने नेपाल भ्रमण नजिकिँदै गर्दा काठमाडौँको बिजुलीको पोल राष्ट्रपति सीको साथै राष्ट्रपति विद्यादेवी भण्डारीको तस्बिरले ढाकिन थालेको छ । सो तस्बिर राष्ट्रपति सीको स्वागतमा राखिएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा शनिवार चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आउँदै छन् । चिनियाँ राष्ट्रपति सी काठमाडौँमा आइतबारसम्म रहनेछन् ।

उच्चस्तरीय पाहुनाको स्वागतका लागि काठमाडौँलाई तीव्र रूपमा सिंगारिदै छ । सरकारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको प्रवेशद्वारदेखि सहरका विभिन्न ठाउँमा तस्बिरहरू चिनियाँ राष्ट्रपति सीको स्वागतमा सजाएको छ ।

प्रतिक्रिया दिनुहोस्